आफ्नै भतिजाले कोदालोले हानेर गरे काकाको हत्या

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरीमा आफ्नै भतिजाले कोदालोले हानेर काकाको हत्या गरेका छन् । जिल्लाको पिपरा गाउँपालिका–५ सहोडवा गाउका
४० वर्षीय रामनाथ दासले उनको काका ६० वर्षीय रामबहादुर दासलाई बिहीबार कोदालोले हानेर हत्या गरेका हुन् ।

खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा बगैँचामा बसिरहेका भतिजा राम नाथलाई काका रामबहादुरले घर आउनका लागि बोलाउन जाँदा भतिजा रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालो तत्कालै काकाको टाउकामा हानेका थिए
रामबहादुरको टाउकोमा कोदालोलो लाग्ना साथ उनको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीले घटनाबारे जानकारी पाउना साथ शवको सर्जमिन मुचुल्का गरी परीक्षणका लागि गए राति जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने हत्या गर्ने भतिजालाई पनि घरैबाट पक्राउ गरी अनुसन्धान गरीरहेको महोत्तरीका प्रहरी नायब उपरीक्षक विष्टले बताए।