विद्युतिय तार चुडेर खस्दा एकै परिवारका ४ जना घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही: । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा गए राति ११ केवि विद्युतिय तार चुडेर खस्दा ४ जना घाइते भएका छन् ।

वडा नं। २ बिर्ताबजारमा रहेको ११ केवि विद्युतिय जिर्ण तार तल खस्दा आँगनमा बसेका एकै परिवारका ३२ वर्षिया किरण देवी यादव, २५ वर्षिय प्रियंका देवी यादव र ४ वर्षिय बालिक अनेखा यादव घाइते भएको पिडित परिवारका सदस्य शैलेन्द्र यादवले जानकारी दिए । त्यस्तै वडा नं। २ कै ७५ वर्षिया मरनी देवी गम्भिर घाइते भएकी छिन् । घाइतेहरुको स्थानिय मेडिकलमा उपचार भैरहेको छ भने गम्भिर घाइते मरनीलाई थप उपचारको लागि लालबन्दी लगिएको मरनी देवीका नाती संतोष यादवले जानकारी दिए ।

यस क्षेत्रमा वर्षौ देखि ११ केवि तारको जोडमा फल्डको समस्या थियो । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई पटक पटक तारको विषयमा जानकारी गराउँदा पनि कुनै चासो नदिएको वडा नं। २ का स्थानिय नवल नेपालको भनाई छ । बिगत २० वर्ष देखि जडान भएका विद्युतीय जिर्ण तारहरु प्राधिकरणका लापारवाहीले गर्दा अहिले ग्रामिण क्षेत्रका बस्तीहरु जोखिममा रहेको छ । जिर्ण तारहरु समयमै मर्मत संभार नभए ठुलो दुर्घटना हुन सक्ने चन्द्रनगर वडा नं। १ का स्थानिय रामर्कत यादवले बताए ।