प्राथमिक स्वास्थय केन्द्र गौशलामा सर्पदंशको उपचार सेवा सुरु

[sharethis-inline-buttons]

आज्ञाखबर महोत्तरी
तराई मधेशका जिल्लाहरुमा वर्षा संगै अत्यधिक गर्मीका कारण अस्पतालहरुमा सर्पदंशका बिरामीको संख्या बढ्न् थाले संगैे
महोत्तरीको गौशालामा सर्पदंशको उपचार सेवा सुरु भएको छ । गौशाला नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा मंगलबार देखि सर्पदंशको उपचारसुरु भएको हो ।

वर्षौदेखी बन्द रहेको उक्त स्वास्थ संस्थामा सर्पदंशको उपचार सेवा पुनः सुचारु गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

गौशाला लगायत तराईका जिल्लाको विभिन्न ठाउँमा सर्पको टोकाईबाट बर्षैनि मानिको अकालमा नै ज्यान गुमाईरहेको स्थानीयहरुको भनाई छ ।

केही दिन अघिमात्र गौशाला नगरपालिकामा एक शिशुको सर्पको टोकाईबाट मृत्यु भएको घटनालाई लिएर सबैको ध्यान केन्द्रित भएको हो । स्थानीयहरुको पहलमा नगरपालिकाले सो सेवा सुरु गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।