अटो रिक्साभित्र २७ यात्रु देखेपछि प्रहरी छक्क

[sharethis-inline-buttons]

आज्ञा खबर

उत्तर प्रदेश, असार २९ गते । भारतकोे एक सहरमा तीव्र गतिमा गुडिरहेको एउटा टुक–टुक (अटो रिक्सा) रोकेका प्रहरी सो सानो सवारी साधनभित्र कोचिएर बसेका मानिसका संख्या देखेर छक्क परेका छन् ।

भारतकै सबैभन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशको फत्तेपुर सहरमा घटेको यस घटनामा सानो अटो रिक्सामा वयस्क र केटाकेटी गरेर कुल २७ जना चढेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेकोे छ ।

भिडियोमा एकजना प्रहरीले सवारी साधनबाट निस्केका यात्रुको संख्या क्रमैसँग गनिरहेको देखिन्छ ।

सामान्यतया एउटा अटो रिक्साले तीनजना यात्रु सम्म बोक्न सक्छ । तर, सिटको स्वरूप परिवर्तन गरिएकाले छजना सम्म पनि बोक्न सक्छ ।

तीव्र गतिमा आइरहेको अटो रिक्सालाई प्रहरीले रोक्न खोज्दा ड्राइभरले अझै गति बढाएर भाग्ने प्रयास गरेका थिए । त्यसपछि लखेटेर प्रहरीले त्यसलाई बलपूर्वक रोकेको थियो ।

न्यिदब िदबलप
फत्तेपुर प्रहरीका सुपरिटेन्डेन्ट राजेश कुमारले गति सीमा उल्लंघन गरेको र क्षमता भन्दा बढी यात्रु चढाएको आरोपमा सवारी साधनलाई नियन्त्रणमा लिइएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

सामाजिक सञ्जालमा यो भिडियो दशौँ हजार पटक हेरिएको छ । साथै, थुप्रै ट्विटर प्रयोगकर्ताले भिडियो हेरेर निकै हसाउने खालका टिप्पणीहरू गरेका छन् । केहीले यस घटनाले ‘विश्व कीर्तिमान’ नै दाबी गर्न सक्ने विचार प्रकट गरेका छन् भने केहीले यो यातायात सुविधाको अभावको परिणाम भएको बताएका छन् ।

ट्याक्सी भन्दा निकै सस्तो मानिने भएकाले पनि भारतमा अटो रिक्सा निकै लोकप्रिय यातायातको साधन मानिन्छ । बीबीसी