जसपा नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक सुरु

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा: जसपा नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको छ । अध्यक्ष उपेन्द्र यादवले आह्वान गरेअनुसार बैठक सुरु भएको हो । संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले राजधानीको जडीबुटीमा पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आयोजना गरेकै दिन अध्यक्ष यादवले वीरगञ्जमा कार्यकारिणी समिति बैठक आयोजना गरेका हुन् । कार्यकारिणी समितिका ३५ सदस्यमध्ये वीरगञ्जमा १६ सदस्य उपस्थित भएको स्रोतको भनाइ छ । थप तीन सदस्य आउँदै गरेको बताइएको छ ।कार्यकारिणी सदस्य रेशम चौधरी भने जेलमा छन् । चौधरीले छुट्टै दल गठन गरिसकेका छन् । अध्यक्ष यादव पक्षले बुधबार वीरगञ्जमै केन्द्रीय समिति बैठक आयोजना गर्दैछ । सोही बैठकको तयारीस्वरुप आज कार्यकारिणी समिति बैठक बसेको हो ।