बसले किचेर सहचालकको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर

चितवन :चितवनमा बसले किचेर एक जनाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका(२४ का २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।
ना५ख ९६७ नम्बरको बस बिग्रिएको थियो। उनी सोही बसका सहचालक थिए।
बस मर्मत गर्नको लागि भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा राखिएको थियो। त्यहाँ मर्मतको क्रममा चालकले परीक्षणको लागि बस चलाएका थिए।

बस बिग्रिएपछि मर्मतका लागि भनेर सहचालक बस मुनि गएका बेला चालकले बस स्टार्ट गर्न पुगेका थिए । बस चालकले स्टार्ट गरी बस अगाडि बढाउने क्रममा बसको मुनि रहेका सुरज किचिएका थिए ।

बस चालक भरतपुर–२७ बस्ने ४२ वर्षीय राजकुमार गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।