एकै दिन ११३ जनामा कोरोना संक्रमण पुष्टि सक्रियको संख्या ४७१

[sharethis-inline-buttons]

आज्ञा खबर
काठडमाडौं: । पछिल्लो २४ घण्टामा देशभर ११३ जनामा कोरोना भाइरसको संक्रमण कोभिड १९ पुष्टि भएको छ । यस अवधिमा २० जना संक्रमणमुक्त भएका छन् ।

१५४९ जनाको पीसीआर र ११७५ जानको एन्टीजेन विधिबाट नमुना परीक्षण गर्दा पीसीआरबाट ९० र एन्टीजेनबाट २३ जनामा संक्रमण पुष्टि भएको हो । कुल २७२४ जनाकौ नमूना परीक्षण गरिएको थियो ।

कुल नमुना परीक्षणको तथ्यांक हेर्दा संक्रमण दर ४।१४ प्रतिशत देखिएको छ । पीसीआर विधिबाट संक्रमण पुष्टि हुनेको संख्या हेर्दा संक्रमण दर ५।८ करिब ६ प्रतिशत पुगेको देखिन्छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ ।