मधेस प्रदेशका अर्थमन्त्री साहमाथि आरोपको छानबिन गर्न समिति गठन

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम : मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहमाथि लागेको आरोपको छानबिन गर्न ८ सदस्यीय समिति गठन भएको छ।उनले
सोमबार बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेशसभाको बैठकमा असारे विकासको नाममा अनियमितताको विषय उठाउँदै छानबिनका लागि समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेपछि सभामुख सरोज रायले समिति गठन गरेका हुन्।समितिका सदस्यमा विन्देश्वरप्रसाद यादव, शिवचन्द्र चौधरी, रानी शर्मा तिवारी, अशोककुमार यादव, किशोरी साह कमल, रामकुमार यादव र सावित्री देवी साह रहेकी छन्।उपसभामुख उपमा कुमारी देवको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेका हुन्।
लोसपाका प्रमुख सचेतक परमेश्वर साहले अर्थ मन्त्रालयबाटै विकास निर्माणको नाममा अनियमितता भइरहेको आवाज उठाएपछि सभामुख रायले १५ दिनभित्रमा प्रतिवेदन पेस गर्ने गरी उपसभामुख देवको संयोजकत्वमा समिति गठन गरेका बताए।
समितिले रकमान्तर, स्थानीय तहमा दिएको अनुदान रकम, जनता आवास कार्यक्रम र भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा लगाइएको ताल्चालगायत विषयमा अनुगमन तथा छानबिन गरी १५ दिनमा सभामुख समक्ष प्रतिवेदन पेस गर्नेछ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...