आज्ञा सम्वाददाता
सर्लाही
सर्लाहीमाको लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित राधाकृष्ण मन्दिरको पेटीमा ईश्वरपुर नगरपालिका ५ नरेशपुर बस्ने अन्दाजी २० वर्षीया रमिताकुमारी महतो र उनकी ८ महिनाकी छोरी सृष्टी अचेत अवस्थामा फेला परेका छन ।
फेला परेका दुबैको प्रहरीले उद्धार गरी प्राथमिक अस्पताल लालबन्दी लगे पनि चिकित्सकले बच्चाको मृत्यु भइसकेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले बताए । ‘रमिताकुमारीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलगंवा पु¥याइएको छ ।’
रमिताकुमारीको श्रीमानको मृत्यु भइसकेको र घट्नास्थलमा राइनो–५०० र लिपर लेखिएको बिषादीको बट्टा फेला परेको प्रहरीले जनाएको छ ।