पर्सामा शम्सानघाटमा जलाउँदै गरेको शव बरामद

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
पर्सा
पर्सामा शम्सानघाट जलाउदै गरेको एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ।

विष सेवन गरी आत्महत्या गरेकी विश्रामपुरका श्यामबाबु प्रसाद कलवारकी छोरी १४ वर्षीया महिमा कुमारीको शव जलाउँदै गरेको अवस्थामा प्रहरीले बुधबार राति नियन्त्रणमा लिएको हो ।
महिमाकोे शव अभिभावक र आफन्तले पोष्टमार्टम नगरी घटना लुकाउन रातिको समयमा शम्सानघाटमा लगेर जलाउन लागेको सुचनाको आधारमा नियन्त्रण लिईएको पर्सा प्रहरीले जनाएको छ। शव, पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । गोप्यरुपमा रातिको समयमा शव जलाउने मृतक बालिकाका बुवा ,दाजुभाइ र आफन्तहरु फरार रहेका छन् ।
प्रहरीले मृतक किशोरीकी आमा, दिदी र ठूली आमालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।