आज्ञा खबर
महोत्तरीको वर्दिवास –१ नेमिसा फार्मेसीबाट खरिद गरिएको सर्वोत्म प्रिमियम लिटोको प्याकेट भित्र किरा फेला परेको छ ।
नेमिसा फार्मेसिबाट खरीद गरीएको पिठोको उपभोग गर्ने म्याद बाँकी नै रहदा स्थानीय मनोज महतोले बच्चालाई खुवाउनका लागि लिटोको प्याकेट खरिद गरि लगेको र प्याकेट खोल्दा प्याकेट भित्रको पिठोमा किरा फेला परेको हो।
सो पिठो चौधरी गु्रपले दुबही सुनसरीबाट प्याकेजिङ गरेर बजारमा पठाएकोे हो । कम्पनीको कम्जोरीले साना बालबच्चाको स्वास्थ्यमाथि खेलवाड गर्न खोेजेको भन्दै प्रहरी प्रशासनसँग मनोज महतोले कारवाहीको माग गरेका छन ।
सन् २०२२ मे मा प्याकिङ गरेको लिटोको प्रयोग मिति २०२३ अप्रिलसम्म रहेको छ । प्रयोग गर्ने समय बाँकी रहँदै लिटोको प्याकेट भित्र किरा भेटिएकाले यस बारे छानविन हुने इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख सन्देश अधिकारीले बताउनु भयो । कम्पनी र फार्मेसीमा रहेको यसै कम्पनीका अन्य लिटोका प्याकेट पनि हामीले नियन्त्रणमा लिई शिलबन्दी गरेका छौं । खाद्य गुणस्तर चेकजाँच गरेर कारवाही प्रक्रिया अगाडी बढाईने उनको भनाई छ।
घटना वारे जानकारी पाए लगतै स्थानिय प्रहरी, प्रशासन र स्थानीय जनप्रतिनिधिको टोलीले गुणस्तरहिन लिटोको प्याकेटलाई जफत गर्न विक्री गर्ने फामेर्सि पुगेका थिए । इलाका प्रशासन कार्यालयका प्रमुख सन्देश अधिकारी, इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक रवी रावल र बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भोला खड्कासहितको टोली फार्मेसीमा पुगेर खानतलासी गरेका थिए ।