आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीका एक युवाले दाइजो प्रथालाई चुनौती दिदै विना दाइजो आदर्श विवाह गरेका छन् । महोत्तरीको गौशाला नगरपालिका वडा न.५ का युवा इन्जिनियर राजकिशोर साहले विना दाइजो विवाह गरेका हुन् ।
मधेशमा दाइजो प्रथा व्याप्त छ । यहाँ विना दाइजो त विवाहको कल्पनै गर्न सकिँदैन । यस्तो बेला दाइजो विना विवाह गर्नु भनेको सिङ्गो समाजलाई नै चुनौती दिनु हो ।
घरमा विवाहको कुरा चलेपछि विना दाइजो आदर्श विवाह गर्ने सहमतिमा मात्रै उनी विवाह गर्न राजी भएका थिए । उनले सर्लाहीको हरिवन १ भुटकुनीका रामपुकार महतोकी छोरी रोजी कुमारी महतोसँग आदर्श विवाह गरेका हुन् । रोजी कुमारी महतोले बीबीएस पढेकी छिन । जनमत पार्टीका नगर संयोजक समेत रहेका जोगिन्द्र साह र नगर उपप्रमुख प्रत्यासी उर्मिला देविका छोरा हुन् ।
‘छोराको चाहाना अनुसार नै हामीले आदर्श विवाह गराएका हौं । हामीलाई लाउन खान नपुग्दो छैन ।’ इ. राजकिशोरका बुबा जोगिन्द्र साह भन्छन्, ‘दाइजो प्रथाले हाम्रो समाजलाई कहिल्यै हित गर्दैन । त्यसैले पूरै समाज यसको विरुद्ध लाग्नै पर्छ