आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीका गरिव तथा विपन्न ३ परिवारलाई महोत्तरी समाज सेवा कतार संस्था र महोत्तरी जिल्लामा संचालित रहेको महोत्तरी समाज सेवा नेपालको संयुक्त सहयोगमा आर्थिक सहयोग गरिएको छ ।
महोत्तरीको बलवा नगरपालिका वडा न.८ बनौटा निवासी रन्जु देवीलाई १५ हजार सहयोग प्रदान गरिएको हो । रन्जु देवीको घरायसी अवस्था दयनिय भएको र श्रीमान रक्सिको कुलतमा फसी आफ्नो घरप्रति बेखबर रहेकोले आफ्नो २ ओटा बच्चालाई पालन पोषण गर्न तथा दैनिकी गुजारा गर्न समेत उनलाई निकै धौधौ परेकोले स्थानीय सरकारलाई गाउँलेहरु मिलि पटक पटक पहल गर्दा पनि वेवास्ता गरेको रन्जु देवीले गुनासो गरेकी छिन ।त्यस्तै मनारसिस्वा नगरपालिका वडा न.६ सरपल्लो निवासी स्थानीय नरेश ठाकुरकि छोरी अंकिता ठाकुरलाई आज ४८ हजार रकम संस्थाले उपचारको लागि सहयोग गरेको छ । ५–६ वर्षीय अंकिता ठाकुर मिर्गौला पिडित हुन् ।
त्यसैगरी औरही नगरपालिका वडा न.७ टिमकीया निवासी अनिता देवी यादवलाई पनि १५ हजार रकम सहयोग गरिएको छ । उनको श्रीमान स्व.रामचन्द्र यादवको विदेशमा (मलेसिया ) काम गर्न गएको बेला मृत्यु भएकोले उनको घरायसी अवस्था कमजोर भएपछी उनलाई सो रकम सहयोग गरिएको संस्थाका अध्यक्ष निरन्जन कुमार साहले जानकारी दिएका छन् ।
मानव सेवाको उद्देश्यले संचालित यस संस्थाले वर्षौदेखि विदेश तथा नेपालमा अलपत्र परेका ,समस्यामा परेका ,गरिव विपन्न तथा असहायहरुलाई विभिन्न किसिमको सहयोग गर्दै आएको कोषाध्यक्ष नवल किशोर साहले बताए ।





































