आज्ञा खबर
सिरहा
बोक्सी आरोपमा सिरहाकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ ठाडी टोलकी ३० बर्षीया फुलोदेवी साह र ५५ बर्षीया कोशिला देवी साह रहेकी छिन् ।
दुबैजनाले छिमेकी ६० बर्षीया आतिका देवी कामैतलाई बोक्सीको आरोपमा असार ११ गते दिउँसो साढे १२ बजेतिर मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको
सिरहाका प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
दुबैजनालाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा लिएर बोक्सी आरोप कसूरमा मुद्दा दर्ता गरी अन्य अनुसन्धान गरिरहेको उनले बताए ।





































