आज्ञा खबर
वीरगञ्ज: वीरगञ्ज भन्सार नाका भएर ०७८र७९ को पछिल्लो ११ महिनाको अवधिमा ४५ करोड रुपैयाँ बराबरकोे माछा नेपालमा आयात भएको छ।
११ महिनाको अवधिमा वीरगञ्ज नाका भएर नेपालले विदेशबाट ४४ करोड २० लाख ३३ हजार बराबरको माछा आयात गरेको छ।
वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकमा नेपालले विदेशबाट ११ महिनामा ४५ करोड रुपैयाँ बराबरको माछा आयात गरेको हो।
यो गत आर्थिक वर्षको ११ महिनाको अवधिभन्दा १५ करोड ५ लाख ९६ हजार बढीको माछा नेपालले आयात गरेको हो।
गत वर्षको यही अवधिमा नेपालले वीरगञ्ज नाका भएर विदेशबाट २९ करोड १४ लाख ३७ हजार बराबरको माछा आयात गरेको थियो। यता, चालु वर्षको जेठमा मात्रै नेपालले वीरगञ्ज भन्सार नाका भएर ५ करोड १० लाख ८ हजार बराबरको माछा आयात गरेको छ।
जबकि गत वर्षको जेठमा वीरगञ्ज नाका भएर नेपालले ६३ लाख ६० हजार रुपैयाँ बराबरको माछा आयात गरेको थियो।
गत आर्थिक वर्षको जेठभन्दा चालु वर्षको जेठमा नेपालले ४ करोड ४६ लाख ४८ हजारभन्दा बढीको माछा आयात गरेको वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकले देखाएको छ।
वीरगञ्ज नाका भएर विशेषतः भारतको आन्ध्र प्रदेशबाट बढी माछा आयात हुने गरेको छ। चालु वर्षको ११ महिनामा भने नेपालले विदेशबाट १ अर्ब ३१ करोड १ लाख ८७ हजार रुपैयाँ बराबरको माछा देशका विभिन्न भन्सार नाका भएर आयात हुने गरेको भन्सार विभागले जनाएको छ। यस अवधिमा नेपालले विदेशमा जम्मा १ हजारको माछा मात्रै निर्यात गरेको थियो।