सातदिने होमस्टे तालिम गौशालामा सम्पन्न

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको गौशालामा सातदिने होमस्टे तालिम सम्पन्न भएको छ । गौशाला नगरपालिका–८ कुशमाडीमा संचालित सातदिने होमस्टे तालिम बिहिवार सम्पन्न भएको हो ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र गौशाला नगरपालिका वडा नं ८ को संयुक्त आयोजनामा उक्त तालिम संचालन भएको थियो । असार ३ गतेदेखि सुरु भएको उक्त होमस्टे तालिम असार ९ गतेसम्म चलेको थियो ।

तालिममा वडाभरीका २० जना महिला र १५ जना पुरुष गरी ३५ जना सहभागी रहेका थिए । सहभागीहरुलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए । तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत दिइएको ८ नम्बर वडा कार्यालयले जनाएको छ । गौशालामा सम्पन्न होमस्टे तालिम मधेस प्रदेशमै पहिलो पटक आयोजना भएको बताईएको छ ।
गौशाला नगरपालिका–८ का वडाध्यक्ष भोजबहादुर दर्लामीको अध्यक्षतामा आयोजित तालिमको समापन कार्यक्रममा प्रमुख अतिथी गौशालाका नगरप्रमुख डा. दिपेन्द्र महतो, माओवादी नेता शंकर महतो, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान विर्तामोडका कार्यालय प्रमुख सत्यनारायण साह, बर्दिबास कार्यालयका प्रमुखलगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...