जलेश्वर : महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा शुक्रवार बिहान एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव मध्यरातमा एक्कासी बेहोस भएका थिए। उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वरमा लगिएकोमा चिकित्सकले उनलाई बिहान अढाई बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतक कैदी राजकरणको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए। रासस
महोत्तरीमा कैदीको मृत्यु, मध्यरातमै भएका थिए बेहोस
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech
