ट्रक यातायात व्यवसायी महासंघको १५औँ साधारण सभाको तयारी पूरा

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औँ साधारण सभा तथा सातौँ महाधिवेशनको तयारी पूरा भएको छ ।
शुक्रबार ललितपुरको धोबिघाट स्थित सिद्धार्थ कटेजमा हुन लागेको साधारणसभाको तयारी पूरा भएको महासंघका महासचिव एवं प्रवक्ता राजेन्द्र विक्रम बानियाँले जानकारी दिए ।
महाधिवेशनले २१ सदस्यीय महासंघको नयाँ कार्यसमिति चयन गर्ने क्रार्यक्रम रहेको छ । महाधिवेशनमा महासंघमा आवद्ध देशभरका झण्डै ५ सय ट्रक व्यवसायीले सहभागीता जनाउँदै छन् ।
हाल देशभर ७० हजार ट्रक व्यवसायी छन् भने यो क्षेत्रमा १५ खर्ब लगानी रहेको महासचिव बानियाँले बताए ।