सप्तरीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सप्तरी
सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आन्य ११ जना घाइते भएका छन
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा बिहीबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ख १८९८ नम्बरको यात्रुबाहक बस अचानक अनियन्त्रित भएर सडकभन्दा २० फिट तल खसेर पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिको अहिले सनाखत हुन सकेको छैन ।

बसमा सवार ११ जना घाइतेमध्ये ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...