मधेश प्रदेश सरकारले प्रदेश निजामती सेवा नियमावली २०७९ राजपत्रमा प्रकाशित गरेको छ ।
मधेश प्रदेशमा कार्यरत कर्मचारीहरुको वृत्ति विकास एवं बढुवाको अवसरहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्न तथा प्रदेश निजामती सेवामा नयाँ भर्ना प्रक्रिया अगाडी बढाउनको लागि प्रदेश निजामती सेवा नियमावली ल्याएको छ भने नियमावली ल्याउनु अगावै मधेश प्रदेशले प्रदेश निजामती सेवा ऐन २०७७ ल्याईसकेको र ऐनलाई पूर्णरुपेन कार्यान्वयन गर्नको लागि नियमावली ल्याएको हो ।
हाल सम्म अन्य कुनै पनि प्रदेशले निजामती सेवा नियमावली नल्याएको अवस्थामा मधेश प्रदेश सरकारको यस कार्य सराहनिय रहेको यस नियमावलीबाट स्पष्ट हुन्छ ।
सरकारले नियमावली ल्याएसँगै मधेश प्रदेशका कर्मचारीहरुले यसको प्रशंसा गरेको छ।
असार ५ गते मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गत रहेका बढुवा समितिको सचिवालयले वन सेवाका प्राविधिक कर्मचारी जगन्नाथ प्रसाद जयसवाललाई प्रदेश निजामती सेवा ऐन २०७७ बमोजिम बढुवाको लागि सिफारिस गरेको छ भने यो संगै मधेश प्रदेशमा रहेका प्रदेश निजामती कर्मचारीहरु एघारौ तह देखी पाचौँ तह सम्मका कर्मचारीहरुको बढुवा एवं ऐनमा उल्लेख भए बमोजिमको भर्ना प्रक्रिया अगाडी बढ्ने भएको छ ।
[pdf-embedder url=”https://shirishnews.com/wp-content/uploads/2022/06/प्रदेश-निजामती-सेवा-नियमावली-२०७९.pdf” title=”प्रदेश निजामती सेवा नियमावली २०७९”]