अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
पर्सा
वीरगञ्जबाट प्रहरीले अन्तर्राष्ट्रिय कल बाइपास गर्ने एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
वीरगञ्ज वडा नम्बर २ रेल्बे रोड छपकैया मनान मिया तेलीको घरमा डेरा गरी बस्दै आएका इरफान सुफीयान खानलाई पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा सिआइबी र पर्सा प्रहरीको संयुक्त टोलीले खानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
विगत चार महिनादेखि छपकैयामा बसेर खानले अन्तर्राष्ट्रिय कल बाइपास गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

खानलाई भिओआइपी (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल) कल बाइपास गर्दै गर्दाको अवस्थामा प्रहरीले यन्त्रसहित नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका उनलाई प्रहरी नियन्त्रणमा राखी अनुसन्धान भइरहेको बताईएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...