गौशाला नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा खबर
गौशालाः महोत्तरीको गौशाला नगरपालिका वडा नं ४ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।

गौशाला नगरपालिका वडा नं। ४ पानीटंकी नजिक माईस्थान–सम्सी सडक खण्डमा गौशाला तर्फबाट रजखोर तर्फ जादै गरेको साईकल यात्रीलाई सोही दिशाबाट जादै गरेको ज १० प २०६६ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिंदा साइकल यात्री जिल्ला महोत्तरी गौशाला नगरपालिका वडा नं। ४ मगरटोल वस्ने अन्दाजी वर्ष ५० को गणेश बहादुर थापा कलुवा मगरको टाउको समेतमा चोटलागी गम्भीर धाईते भएकोमा उपचारको लागी प्रादेशिक अस्पताल जनकपुरमा पठाईको र निजको उपचारको क्रममा ७ः४५ बजेको समयमा निज गणेश बहादुर थापा मगर कलुवाको मृत्यु भएको गौशाला ईलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षक रंजन मिश्रले जनाएको छ । अहिले उनको शवलाई पोष्ठमाटमको लागी जलेश्वर अस्पताल लगीएको प्रहरीले जनाएको छ। यता मोटरसाइकल चालक फरार भएकोले अनुसन्धान भईरहेको प्रहरीले जनाएकोछ ।