जिल्ला समन्वय समिति सर्लाहीमा कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार विजयी

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सर्लाही
जिल्ला समन्वय समिति सर्लाहीमा प्रमुख र उपप्रमुखमा अन्यको उम्मेदवारी नपरेपछि कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
प्रमुखमा नेपाली कांग्रेसका कौशलकिशोर सिंह र उपप्रमुखमा माओवादी केन्द्रका जितेन्द्र कुमार महतो निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बलराको नगरप्रमुखमा पराजित भए पछि सिंह गएको वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट कार्यपालिका निर्वाचनमा माओवादीकै सहयोगमा कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए।
तर जिल्ला समन्वय समिति गठनका लागि कांग्रेस एक्लैलाई बहुमत भएपनि उसले माओवादी केन्द्रसँग तालमेल गरेको छा

कांग्रेसले प्रमुखसहित छ जना सदस्य र माओवादीले उपप्रमुखसहित एक जना सदस्य भागबण्डा मिलाएर जिल्ला समन्वय समितिको निर्वाचनमा तालमेल गरेका हुन्।
पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष जिल्ला समन्वय समितिका मतदाता हुन्छन् । जिल्लामा २० पालिकामा प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष गरी ४० जना मतदाता रहेका छन् । जसमा कांग्रेससँग १२ पालिका प्रमुख र ११ पालिकाको उपप्रमुखसहित २३ मत छ।

त्यस्तै, माओवादी केन्द्रसँग चार पालिका प्रमुख र उपप्रमुखसहित आठ मत छ। जसपासँग दुई पालिका प्रमुख र उप्रमुखसहित चार मत छ। एमालेसँग एक पालिका प्रमुख र दुई पालिका उपप्रमुखसहित तीन मत छ भने लोसपासँग एक पालिका प्रमुख र उपप्रमुख गरी दुई मत छ।

त्यसैगरी जिल्ला समन्वय समितिका सात जना सदस्य पनि निर्विरोध निर्वाचित भएका छन्।
सदस्यहरुमा कांग्रेसबाट लालबन्दी नगरपालिका–१७, का रामबहादुर बोम्जन, हरिपुर नगरपालिका–५, का अलाउँदिन मियाँ, हरिपूर्वा नगरपालिका–५, की रामशिला कुमारी यादव, चक्रट्टा गाउँपालिका–४, की रेखादेवी साह, ईश्वरपुर नगरपालिका–१५, की पासवती देवी थरुनी र गोडैता नगरपालिका–६, की सोनावती देवी चयन भएका छन्।

माओवादी केन्द्रबाट लालबन्दी नगरपालिका–१५, का हेम कार्की सदस्यमा चयन भएका छन्।