आज्ञा सम्वाददाता
रौतहट
रौतहटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित सडकमा ना.६ ख ६५५० नम्बरको ट्रकले बिहीबार रा.४ प ५०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी ईनरवा नगरपालिका–१० बस्ने ३६ वर्षीय सकल कुमार मण्डल रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको चपुर प्रालि अस्पतालमा उपचार सम्भब नभएपछी थप उपचारकालागी नारायणी अस्पताल वीरगन्जमा लगिएको थियो त्यहा उपचारको क्रममा उनको मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।