प्रादेशिक अस्पताल कलैयामा बिरामीको चाप बढ्दो

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बारा

गर्मीयाम बढेसंगै प्रादेशिक अस्पताल कलैयामा बिरामीको चाप बढ्दै गएको छ । सर्पदंश, झाडापखाला र ज्वरोका रोगी बढी आउने गरेको प्रादेशिक अस्पताल कलैयामा अस्पतालले आइसियु सेवासहित ओपिडि सेवा, आकस्मिक तथा प्रसुति सेवालगायतको सेवा उपलब्ध गराउँदै आएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट गौरव महतोका अनुसार आइसियु सेवा, आकस्मिक सेवा, प्रसुति सेवासहित अहिले ७७ बेडसम्मको सुविधा बिरामीलाई उपलब्ध छ ।।

अस्पतालले उपचार सेवासहित कलैयामा २४ घण्टे फार्मेसी सेवा लगायत अन्य चेकजाँच सेवा पनि उपलब्ध गराउँदै आएको छ ।