नक्कली नोटसहित रौतहटबाट भारतीय नागरिक पक्राउ

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
रौतहट
सशस्त्र प्रहरी बल नेपालको सरमुझवा (बंकुल) बीओपीको टोलीले नेपाली र भारतीय नक्कली नोटसहित बिहीबार बिहान रौतहटबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको गोरखपुर निवासी २३ वर्षीय सन्जय सक्सेना रहेका छन्।
उनको साथबाट एक हजारका नेपाली नोट ५० थान, दुई हजारका २३ थान भारतीय नोट र पाँच सयका १० थान भारतीय नोट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद रुपैयाको कूल नेपाली मूल्य एक लाख ३१ हजार ६०० रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सक्सेनालाई इलाका प्रहरी कार्यालय कोतुवा बुझाउने प्रक्रियामा रहेको सशस्त्रले जनाएको छ।