बारामा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकसहित दुई जनाको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बारा
बारामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक भारतीय नागरिकसहित दुई जनाको मृत्यु भएको छ । महागढीमाई नगरपालिका–८ हुलाकी राजमार्ग सडक खण्ड स्थित थलही पुलमा आइतबार राति करिब ११ बजे प्र ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल बरियारपुरबाट लंगडाचोक जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा सुर्वण गाँउपालिका ७ का ३५ वर्षीय बिरुलाल यादव र मोतिहारी पूर्वी चम्पारण समरपुर वडा नं. २ मा बस्ने ३० वर्षीय भारतीय नागरिक मेवा चन्द्र राय यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । उनका अनुसार मोटरसाइकल अनियन्त्रित भई थलही पुलबाट २५ फिट तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते दुबैलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल कलैयामा लगिएको थियो । जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...