बाराको ईटा उद्योगमा वृद्धको शव फेला

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बारा
बाराको कलैया स्थ्ति भीआईपी ईटा उद्योगको जग्गामा एकजना वृद्ध मृत अवस्थामा फेला परेका छन्।
कलैया उपमहानगरपालिका–९ रामपुर टोलका निवासी अन्दाजी ६५ वर्षीय अहमद मिया चुरिहार कलैया स्थित भीआईपी ईटा उद्योगको जग्गामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताए ।
प्रहरी निरीक्षक यादवका अनुसार साबिक भीआईपी ईटा उद्योगको जग्गामा रगतले लतपतिएको अवस्थामा शव भेटिएको हो।

घटनाको थप अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।