आज्ञा सम्वाददाता
पर्सा
पर्सा प्रहरीले भन्सार छली गर्न लागेको लोड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ।
गोप्य सुचनाको आधारमा खटिएको प्रहरीले बिल भन्दा बढी बिभिन्न किसिमका खुद्रा सामान तथा लत्ता कपडाहरू बोकेको ना।६ ख ७३६३ नम्बरको मालवाहक ट्रकलाई वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएको ट्रकलाई चेकजाँच गर्नेक्रममा बिल बिजक भन्दा ५३ लाखभन्दा बढीको सामान लोड रहेको पाइएको थियो।
ट्रकलाई नियन्त्रणमा लिई ५३ लाख ३८ हजार ७२ रुपैया मूल्यांकन गरी आवशयक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता ओमप्रकाश खनालले जानकारी दिए।