- विशाल बस्नेत
बर्दिवास, जेठ २७ गते । महोत्तरीको बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्रीले बर्दिबास नगरपालिकाका सम्पुर्ण क्रसर उधोग मापदण्डअनुसार रहेको बताएका छन ।
लाइसेन्स नविकरण प्रदेश सरकारको सिफारिसमा संघिय सरकारले गर्ने भएकाले बर्दिबासका लाइसेन्सप्राप्त सवै क्रसर उधोग मापदण्डअनुसार नै भएको उन्को जिकिर छ ।
क्रसर तथा खानी उधोग व्यवसायी संघले आयोजना गरेको कार्यक्रमलाइ संवोधन गर्दै नगरप्रमुख क्षेत्रीले लाइसेन्स प्राप्त क्रसर उधोग कसरी अवैध बने ? भन्दै प्रतिप्रश्न गरे ।
उन्ले भने : ` मापदण्ड पुर्याएर लाइसेन्स लिएका क्रसर उधोगलाइ नगरवाट कुनै कारवाही गर्न सकिँदैन ।´
प्रक्रिया पुर्याएर खोलिएका क्रसर उधोगलाइ नगरले सहयोग गर्ने वताउदै नगरप्रमुख क्षेत्रीले ब्यवसायीहरुलाइ समस्या बन्नेगरी कुनै कारवाही नगर्ने पनि नगरप्रमुख क्षेत्रीले प्रष्ट बनाएका छन ।
तर ढुङगा गिटी, बालुवा उत्तखनन तथा बिक्रीवितरण समबन्धी ऐन २०७७ अनुसार क्रसर उधोग संचालनको मापदण्ड समेत निर्धारण गरेको छ । क्रसर उधोग संचालन गर्दा राजमार्गवाट ५ सय मिटर दुरीमा, खोला वा नदि किनारवाट ५ सय मिटर दुरीमा, बिध्यालय, घनाबस्तिवाट २ किलोमीटर दुरीमा, चुरे पहाडको फेदिवाट १५ सय मिटर दुरीमा जस्ता मापदण्ड उल्लेख गरिएको छ ।
अघिल्लो स्थानिय सरकारले गरेको अनुगमनमा धेरैजसो क्रसर उधोग ढुङगा, गिटी, बालुवा उत्तखनन तथा बिक्रीवितरण ब्यवस्थापन २०७७ अनुसार नरहेको निष्कर्ष निकालेको थियो ।
यता क्रसर उधोगीहरुले पनि आफुहरुलाइ सरकारले भेदभाव गरेको वताइरहेको वेला नगरप्रमुखको प्रतिबद्धताले क्रसर व्यवसायीहरुले राहत महसुस गरेका छन ।
अवैध भएको ठहर भएमा मात्र तुरुन्तै कारवाही हुने वताउदै नगरप्रमुख क्षेत्रीले पत्रकारहरुलाइ पनि मापदण्डको बिषयमा थप प्रष्ट बन्न अनुरोध गरेका छन ।
नगरप्रमुख क्षेत्रीको यो अभिव्यक्तीले नगरभित्र तरङ्ग ल्याएको छ । लाइसेन्स नविकरणलाइ मात्र वैध मान्नुपर्ने उन्को अभिब्यक्तीले `ढुंगा, गिटी, बालुवा उत्तखनन तथा बिक्रीवितरण समबन्धी मापदण्ड २०७७´ लाई भने धज्जी उडाइएको आरोप लागेको छ ।
द पब्लिक टुडेबाट सभार