जानकी एकेडमिक हस्पिटलमा आँखा उपचार सेवा पनि

[sharethis-inline-buttons]

आज्ञा सक्वाददाता
महोत्तरी
मधेश प्रदेशकै ग्रामिण क्षेत्रमा पहिलोपटक २४ घण्टा विभागीय विशेषज्ञ चिकित्सकहरुबाट उपचार सेवा दिन सफल महोत्तरीको रामगोपालपुर नगरपालिका ९ स्थित पर्सा देवानमा सञ्चालित जानकी एकेडेमिक हस्पिटलले आँखा उपचार सेवा पनि सुरु

विशेषज्ञहरुबाट आँखा सम्बन्धि रोगको उपचार बिहीबारबाट सुरु गरिएको हस्पिटलका प्रशासन प्रतिनिधि संजय यावले जानकारी दिए ।

ग्रामिण भेगमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निजी स्तरबाटै सञ्चालनमा आएको दुई सय बेडको यो हस्पिटलमा आइसियु, भेन्टिलेटर, एनआइसियु, प्रसुति सेवा, हेल्थ इन्सोरेन्स लगायतको सेवा दिदै आएको छ।