महोत्तरीमा पोखरीमा डुबेर बालिकाको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको जलेश्वरमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका–३ खैरा गाउँका
किशोर सदाकी ६ वर्षीया छोरी आँचल सदा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जनकपुर लगिएको प्रहरीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...