दुर्घटनामा सप्तरीका नेकपा एसका नेता चौधरीको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सप्तरी
ट्रकको ठक्करबाट सप्तरीमा नेकपा (एकीकृत समाजवादी)का नेताको ज्यान गएको छ । ज्यान जानेमा एकिकृत समाजवादीका नेता राम नारायण चौधरीरहेका छन।
सोमबार राती सप्तरीको खडक नगरपालिका वडा न। ५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स १० प ४६११ नम्बरको स्कुटरलाई ना ६ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिदाँ उनको घटनास्थलमै उनको ज्यान गएको हो ।
घटनापछि आक्रोसित स्थानीयले खरचुहियामा टायर बालेर अबेर रातिसम्म सडक अवरुद्ध गरेका थिए । यता ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चौधरी वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सुरुंगा नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीबाट चुनाव लडेका थिए ।