आज्ञा सम्वाददाता
बारा
जग्गा नाप्ने विषयमा विवाद हुदा बाराको आदर्श कोतवाल गाउँपालिका पटेर्वामा सोमबार दिउँसो ३ बजे कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर ६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो ।
प्रभुको मृत्युपछि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्थानीयवासी किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिए ।
जग्गाको बिषयलाई लिएर विवाद चर्कदै गएपछि दुवै पक्ष कुटपिटमा उत्रिएका थिए । कुटपिटबाट घाइते भएका प्रभुलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याइएको थियो । उपचारकै क्रममा राति साढे ९ बजे उनको मृत्यु भएको
जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।





































