आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको बर्दिवास नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिलाई बर्दिवास हेल्प फाउण्डेशनले स्वागत एवं सम्मान गरेको छ ।
शनिबार बर्दिवास स्थित गौतम होटलको सभाहलमा एक कार्यक्रमकाबीच नगरपालिकाका नव निर्वाचित नगर प्रमुुख प्रलाद कुमार क्षेत्री उपप्रमुख तारा देबी महतो लगायत वडाअध्यक्षहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।
बर्दिवास हेल्प फउण्डेशनका उपाध्यक्ष दान बहादुर थापाको अध्यक्षता तथा महोत्तरी क्षेत्र नम्बर १, क, कि प्रदेश सभा सदस्य सारदा देबी थापाको प्रमुख आतिथ्यमा आयोजित सम्मान कार्यक्रममा फाउण्डेशनका पदाधिकारीहरुले नगरप्रमुख क्षेत्री उपप्रमुख महतो लगायत वडा अध्यक्षहरुलाई फुलमाला र गम्छा ओढाई स्वागत गर्नुका संगै सम्मान पत्रसहित सम्मान गरेका थिए ।