भाउजुलाई जिउँदै जलाएर हत्यागर्ने देवर पक्राउ

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सप्तरी
भाउजुलाई जिउँदै जलाएर हत्या गरेका अभियोगमा सोमबार उनकै देवर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१ धनगढीका २१ वर्षीय परमेश्वर साह रहेका छन।

भाउजुलाई जलाएर फरार भएका परमेश्वर केही दिनदेखि घरमै बस्न थालेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। उनलाई गत माघ २१ गते खाना पकाइरहेकी २७ वर्षीया राजकुमारी साहलाई शरीरमा पेट्रोल छर्केर आगो लगाएको अभियोग लगाइएको छ । आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा माघ २२ गते विराटनगरमा मृत्यु भएको थियो ।