आज्ञा सम्वाददाता
बारा
स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चको आयोजना निजगढस्थित सहिद चोकमा स्थानीय युवाले पुर्वपश्चिम लोकमार्गमा धर्ना र चक्काजाम गरेका छन् ।
सर्वोच्च अदालतले निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन गरेको फैसलाविरुद्ध युवा विद्यार्थी सरोकार मञ्चले आन्दोलन गरेको हो ।
स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चले आयोजना गरेको चक्काजामले राजमार्गमा दर्जनौ सवारीसाधन र यात्रुहरु अलपत्र परेर सडकमै रहेका छन् ।