आज्ञा खबर
कुकुर आतंकले सर्लाहीको हरीवन नगरपालिकाका स्थानिय त्रसित छन।
शुक्रबार मात्रै हरिवन नगरपालिका–७, ८ र ११ नम्बर वडाका १० जनालाई छाडा कुकुरले टोकेको छ।
त्यसरी टोक्दै हिँड्ने कुकुर बहुलाएको हुन सक्ने आशंका स्थानीयले गरेका छन्।
शुक्रबार दिनभरीमा कुकुले टोकेका ७–८ जना बिरामी उपचारको लागि हरिवनस्थित नमूना अस्पताल पुगेका छन्। अस्पतालका डाक्टर सन्तोष यादवका अनुसार कुकुरको टोकाईबाट बालबालिका, बयस्क र बृद्ध बृद्धा पनि छन छन्।
छाडा कुकुरले केही बालबालिकालाई घाँटीभन्दा माथिको भागमा टोकेको पाइयो,’ डा.यादवले भने, ‘घाँटीभन्दा माथिको भागमा बहुलाहा कुकुरले टोक्यो भने खतरा बढी हुन्छ। त्यस्ता बिरामीलाई उपचारको लागि तुरुन्तै काठमाडौं रिफर गरेका छौँ।’
हरिवन–८, बेताली घर भएका तारानाथ पोखरेलका पाँच वर्षीय छोरा श्रेयानलाई शुक्रबार साँझ घरको आँगनमै खेलिरहेको बेला कुकुरले टोकेको छ। कान, गर्घनसहित घाँटी भन्दा माथिल्लो भागमा कुकुरले टोकेको कारण उनलाई राति नै उपचारको लागि काठमाडौं लगिएको छ।
यता हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले कुकुरले टोकेका बिरामीलाई उपचारको व्यवस्था मिलाइने बताए। ‘कुकुरले टोकेका पीडितले सम्पर्क गर्नुहोला। हामी उपचारको व्यवस्था मिलाउने छौँ,’ बुढाथोकीले भने। उनले हरिवनमा खिच्चा कुकुर नियन्त्रणको लागि नगरपालिकाले पहल गर्ने पनि बताए।
कुकुरले हरिवन( ८ का केही किसानका खसी, बाख्रा र कुखुरा पनि छाडा कुकुरले टोकेर मारेको छ। समूहमा हिँड्ने त्यस्ता कुकुरले पशुचौपायालाई बाँधेकै ठाउँमा गएर आक्रमण गर्ने गरेको किसानहरुको भनाई छ।