आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको बर्दिवासमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ। ज्यान जानेमा नाम थर खुल्न नसकेको अन्दाजी २९ बर्षको जस्तो देखिने पुरुष रहेका छन। शुक्रवार राती बर्दिवास ४ स्थित बिश्वकर्मा चोकमा पश्चिमबाट पुर्वतर्फ आउदैगरेको ज १० प ५०६० नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो ठक्करबाट गम्भिर घाईते भएका उनलाई उपचारकालागी बर्दिवास स्थित शुभस्वस्तिक आस्पतालमा भर्ना गरीएको थियो । त्यहा उपचारको क्रममा उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।
बर्दिवासमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech