आज्ञा खबर
जनकपुरधाम
तालिम अधिकृत विजयकुमार झालाई युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले निलम्बन गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको हो।
झाले परिषद्मा इन्टर्नसिप आएकी एक युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा निलम्बन गरी कारबाही प्रक्रियालाई अगाडि बढाएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।
युवतीले दुर्व्यवहार भएको भन्दै परिषद्मा निवेदन दिएकी थिइन् ।
सो निवेदनका आधारमा सोधपुछ गर्दा घटना पुष्टि भएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्ले जनाएको छ ।





































