आज्ञा सम्वाददाता
महोत्तरी
मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले महोत्तरी स्थित बर्दिवासका जनताले विकासको अनुभूति हुने खालको दिर्घकालिन योजना बनाएर मन्त्रालयमा पेश गर्न बर्दिवास नगरपालिकाका नगर प्रमुखमा निर्वाचित भएका प्रल्हादकुमार क्षेत्रीलाइ आग्रह गरेका छन।
बर्दिवाको विकासका लागि मधेस सरकार सकारात्मक रुपमै गम्भीर रहेको भन्दै उनले बर्दिवास नगरपालिकमा नगर प्रमुखमा निर्वाचित भएका प्रल्हादकुमार क्षेत्रीलाई जितको शुभकामना समेत दिएका छन। विशेष कामले बर्दिवास आएका अर्थमन्त्री साह नवनिर्वाचित नगर प्रमुख क्षेत्रीलाई भेटेरै शुभकामना दिएका हुन ।
सोही अवसरमा उनले बर्दिबास विकासका लागि यस अघिका नगर प्रमुख बिदुरकुमार कार्कीलाई टेलिफोन सम्पर्क गरेर योजनाहरु पेश गर्न भनेको भएपनि उनले वेवास्ता गरेको बताए ।
मधेस प्रदेशको मध्यभाग पर्ने तथा विकसित शहरको रुप गति लिदै गरेको बर्दिवासमा थुप्रै विकासका कामहरु गर्ने चाहना प्रदेश सरकारको रहेको समेत मन्त्री साहले जानकारी दिए ।