मधेश प्रदेशको आन्तरिक मामिला मन्त्रालयको नाम परिवर्तन

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
धनुषा
मधेश सरकारको जेठ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक मन्त्रालयको नाम परिवर्तन गर्ने निर्णय गरे संगै मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन भएको छ उक्त मन्त्रालयको नाम परिवर्तन गरि ‘गृह तथा सञ्चार मन्त्रालय’ राखिएको हो।

सो मन्त्रालयको नाम कानुन बमोजिम परिवर्तन गरि राजपत्रमा प्रकाशित गरिएको सो मन्त्रालयको मन्त्री भरत प्रसाद साहले
जानकारी दिए।

प्रदेश सरकार स्थापना हुँदा सो मन्त्रालयको नाम आन्तरिक मामिला तथा कानुन मन्त्रालय थियो । पछि मन्त्रालय फुटाउँदा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय राखिएको थियो । फेरि परिवर्तन गरि ‘गृह तथा सञ्चार मन्त्रालय’ राखिएको छ।