प्रदेश सांसदबाट राजीनामा दिएर मेयर लडेका कलाम पराजित

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
रौतहट

रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका मधेश प्रदेशका प्रदेशसभा सदस्य शेख अबुलकलाम आजाद पराजित भएका छन् ।
प्रदेशसभा सदस्यबाट राजीनामा दिएर जनता समाजवादी पार्टी (जसपा)बाट गढीमाई नगरपालिकाको मेयर पदका उम्मेदवार बनेका अबुलकलाम आजाद नेपाली कांग्रेसका श्यामप्रसाद यादव संग पराजित भएका हुन् ।

दोस्रो कार्यकालका लागि प्रमुख पदमा निर्वाचित भएका श्यामप्रसाद यादवले ८६३१ मत ल्याउँदा आजादले ८०७३ मत ल्याए ।

अब्दुल कलाम मधेश प्रदेश सरकारको विकास समितिको सभापतिसमेत रहेका थिए ।

यसैगरी गढीमाई नगरपालिकाको उपमेयरमा भने जनता समाजवादी पार्टीकी स्मिता कुमारी यादव निर्वाचित भएकी छिन् ।

यादवले ६६७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्प्रर्धी एकीकृत समाजवादीका नागेन्द्र सिंहले ५९०२ मत ल्याएका छन् ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...