रगत अभाव हुँदा चिकित्सकले गरे रक्तदान

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
पर्सा

नारायणी अस्पतालका वरिष्ठ फिजिसियनद्वय डा. निरजकुमार सिंह र डा. सरोजरोशन दासले रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान गरेका छन् ।
रक्तसञ्चार केन्द्र वीरगञ्जमा शुक्रबारदेखि हरेक समूहको रगतको अभाव भएकोले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए। उनका अनुसार

केन्द्रमा मौज्दात रगत सकिँदा जटिल र गम्भिर रोगका बिरामीको उपचारमा समस्या हुन थालेको नारायणी अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. सरोज रोशन दासले बताए । वीरगञ्जमा मात्रै दैनिक ४० देखि ५० पिन्टसम्म रगतको माग भएको र मौज्दात रगत पूर्णरूपले समाप्त भएको पाण्डेले जानकारी दिए ।
अहिले केन्द्रमा रगत माग गर्न आउनेहरूसँग सोधभर्ना वापत रगत लिएर रगत दिने काम भइरहेको पाण्डेले बताए । रक्तदान कार्यक्रम गर्ने सामाजिक संस्था र राजनीतिक दलहरू स्थानीय तह निर्वाचनमै केन्द्रित हुँदा पछिल्लो एक महिनादेखि रक्तदान कार्यक्रमको आयोजना नभएको पाण्डेको भनाइ छ ।