बाराबाट करिब ६४ किलो प्रतिबन्धित लागुऔषध गाजा बरामद

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बारा

सशस्त्र प्रहरीको टोलीले बाराको पचरौतना नगरपालिका–९ बलधुसुवाबाट करिब ६४ किलो प्रतिबन्धित लागुऔषध गाजा बरामद गरेको छ ।

बारास्थित सशस्त्र प्रहरी बल नेपाल नं १२ गणका अनुसार प्याकिङ गरी कार्टुनमा तयार गरी राखिएको उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिए । प्याकिङ गरी टाउकोमा बोकी लैजाँदै गरेको अवस्थामा उक्त गाँजा फालेर चारजना मानिस फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाउने तयारी भइरहेको बताईएको छ ।