जजिरा एयरसँग चरा ठोकिएर विमान नेपालमै रोकियो

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमांढौ
जजिरा एयरलाइन्सको बिमानमा चरा ठोकिएको छ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा १२१ जना यात्रु बोकेर आएको बिमान राति पौने २ बजे विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोकिएको हो।
चरा ठोकिएपछि विमान नेपालमै रोकिएको छ। रनवेमा चरा नदेखिएपछि राति नै फिर्ता जानुपर्ने विमानले अहिलेसम्म उडान गरेको छैन। चरा विमानको इन्जिनमा गएको आशंका गरिएको छ।

काठमाडौंबाट प्राविधिक ल्याएर चेकजाँच गरेपछि विमानले उडान भर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले बताए।

दैनिक उडानको तयारी समेत गरिरहेको जजिराले जेठ २ गतेदेखि साताको तीन उडान गरिरहेको छ। सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको जजिराले जनाएको छ।