आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको भंगहा नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट पुनः संजिव कुमार साह विजयी भएका छन् । निर्वाचित साहले
उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका विजय मण्डललाई पराजित गर्दै मेयर साह पुनः विजयी भएका हुन् । मतगणना परिणामको अन्तिम नतिजा औपचारिक घोषणा हुन बाँकी रहेको छ ।
यस्तै उपमेयरमा काँग्रसकी शान्ति कुमारी सिंह विजयी भएकी छन् । उनले लोसपाकी उम्मेदवार निवर्तमान उपमेयर गंगाकुमारी सिंहलाई पराजित गर्दै विजयी भएकी हुन् ।