आज्ञा खबर
महोत्तरीको गौशाला न.पा १२ मा पुनः ज.स.पा विजयी भएको छ । वडा नं. १२ को वडाअध्यक्षमा सोही पार्टीका उम्मेदवार कुशेश्वर सिंह विजयी भएका हुन ।
सिंहले ५४४ मत प्राप्त गरी वडा नं. १२ कान्तिबजारको अध्यक्षमा निर्वाचित भएका छन । आफना प्रतिद्धन्द्धी लोकतान्त्रीक समाजवादी पार्टि (साइकल)का वडाअध्यक्ष उम्मेदवारसँग १ मत वढि ल्याई विजयी भएका छन । लोकतान्त्रिक समाजवादी पार्टि (साइकल)का वडाअध्यक्षले ५४३ मत प्राप्त गरेको छ ।
त्यस्तै अर्का वडाअध्यक्ष ने.क.पा. माओवादीका उम्मेदवारले ४२५ मत प्राप्त गरेका थिए । त्यस्तै सोही वडाका नेकपा एमाले १९, जनमतले ११ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार लालटेनले ३९५ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
१२ वडा रहेको गौशालामा जनता समाजवादी पार्टीको तर्फका ७, नेपाली काँग्रेसका ३, नेकपा माओवादीका १ र लोकतान्त्रिक समाजवादी पार्टीका १ वटा वडाअध्यक्ष निर्वाचित भएका हुन् ।
महोत्तरीको गौशालामा १२ मा ज।स।पा विजयी

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech