आज्ञा सम्वाददाता
सर्लाही
सर्लाहीको चक्रघट्टा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी विजयी भएको छ ।
अध्यक्षमा जसपाका कृष्णकुमार यादव ५ हजार ९१५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजी साह तेलीले ३ हजार ५२१ मत ल्याएका छन् ।
गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहेका माओवादी केन्द्रका विक्रम यादवले २ हजार १४४ मत ल्याएका छन् । अध्यक्षमा पराजित माओवादीका यादव पूर्वमन्त्री एवं सर्लाही क्षेत्र नं। ३ का संघीय सांसद रामेश्वर राय यादवका छोरा हुन् ।
यस्तै, गाउँपालिकाको उपाध्यक्षमा पनि जसपाकै मिनादेवी रायले ५ हजार ८१५ मत प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी विमल जयसवालले ३ हजार २०३ र माओवादी केन्द्रकी सजरा खातुनले १ हजार ८६९ मत मात्रै पाईन् ।





































