महोत्तरीको सम्सी गाउँपालिकामा जसपाका यादव विजयी

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको सम्सी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का रामनाथ यादव विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्दिलाई १ हजार ३११ मतान्तरले पराजित गर्दैे ३ हजार ८९३ मत ल्याए भने निकटतम् प्रतिद्वन्दि नेपाली कांग्रेसका उत्तिमप्रसाद यादवले २ हजार ५८२ मत ल्याए ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा जसपाकै अनिताकुमारी निर्वाचित भएकी छन् । उनले ३ हजार २९५ मत ल्याउँदा उनका बिपक्षी नेपाली कांग्रेसकी उर्मिलादेवी साहले २ हजार ६८२ मत ल्याइन् ।